परिचय

सेवा नै परम धर्म हो भन्ने मूल मन्त्रलाई आत्मसात् गरी प्राचिन कालदेखि नै सर्वसाधारण जनताहरुको पहुँच तथा लोकप्रिय संचारका साधनहरु मध्येको सेवा हो हुलाक सेवा। सूचना र प्रविधिको अत्यधिक विकास भएको आजको २१ ‌औँ शताब्दीमा समेत हुलाक सेवाले आफ्नो छविलाई यथावत् राख्न सक्नुले पनि हुलाक सेवाको महत्वलाई प्रष्टयाउँदछ। दुरदराजका जनताको घरदैलोमा पुगी अनवरत सेवा पुर्याउँदै आएको हुलाक सेवा नेपालमा वि.सं. 1935 मा हुलाक घरको स्थापना सँगै भएको हो।

हुलाक सेवा सन्चालनका लागि जिल्ला हुलाक कार्यालय सिन्धुलीको स्थापना वि.सं. 2020 सालमा भएको हो ।स्थापनाकाल देखि नै विभिन्न आरोह अवरोह पार गर्दै आफ्नो सेवा प्रवाहमा निरन्तर लागि परि हालको स्थितिमा आई पुगेको हो। स्थापना कालमा सानो घरबाट कार्य तथा सेवा संचालन भई आएकोमा हाल आएर एकिकृत सरकारी भूकम्प प्रतिरोधी भवनमा कार्य संचालन हुँदै आएको छ।यस जिल्ला हुलाक कार्यालय अन्तर्गत 12 ईलाका हुलाक कार्यालय तथा 42 अतिरिक्त हुलाक कार्यालयहरु रहेका छन् ।